कच्चा तेल ६ महिनायताकै सस्तो, प्रति ब्यारेल ८८ डलरमा झर्याे

Aug 05, 2022 05:43 PM Merolagani



कच्चा तेलको मूल्य ६ महिनायताकै सस्तो भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी रहिँरहदा तेल प्रति ब्यारेल ८८ डलरमा झरेको छ । कच्चा तेल फेब्रुअरीपछिकै सबैभन्दा तल्लो विन्दुमा झरेको हो ।

शुक्रबार डब्लूटिआई क्रुड तेलको मूल्य घटेर प्रतिब्यारेल ८८.५२ डलरमा झरेको छ । ब्रेण्ट क्रुड तेल प्रति ब्यारेल ९३.७७ डलरमा खरिदब्रिकी भइरहेको छ । दुबई तेल प्रति ब्यारेल ६.९४ प्रतिशतले घटेर ९५.९७ डलरमा किनबेच हुँदैछ ।

आर्थिक संकटको त्रासका कारण कच्चा तेलको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको हो । दुई महिनायता कच्चा तेल करिब ४० डलरले घटेको छ । बुधबार ४ प्रतिशतले घटेको कच्चा तेल रुस र युक्रेनको युद्ध सुरु हुनुको केहि दिन अघिको स्तरमा पुगेको थियो ।

हाल कच्चा तेलको भौतिक बजारमा भने केहि खुकुलोपन देखिएको छ । स्पट डेलीभरीहरु साना प्रिमियममा कारोबार भइरहेको छ ।

एक वर्षको तथ्यांक हेर्दा अगस्ट १९,२०२१ मा कच्चा तेल सबैभन्दा सस्तो भएको देखिन्छ । त्यस दिन, कच्चा तेल प्रति ब्यारेल ६२.१४ डलरमा झरेको थियो । यस्तै, कच्चा तेल २०२२को मार्च ८ मा उच्च विन्दुमा पुगेको थियो । सो दिन कच्चा तेल प्रति ब्यारेल ११९.६५ डलरसम्म पुगेको थियो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।