श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालन मुनाफासँगै खुद नाफा पनि घट्यो

Aug 07, 2022 04:38 PM Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको खुद नाफा करिब २० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले ९ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६६ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा फाइनान्सको सञ्चालन मुनाफा घटेपछि खुद नाफामा समेत असर पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्को खुद ब्याज आम्दानी ०.०९ प्रतिशत र सञ्चालन मुनाफा २२.०७ प्रतिशतले घटेको छ ।

चुक्ता पूँजी ९५ करोड ८६ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३७ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा फाइनान्सले ६ अर्ब ४० करोड निक्षेप संकलन गरी ५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस्तै फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ३१.१७ गुणा रहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।