आदर्श लघुवित्तको नाफा र ईपीएस दुबै उल्लेख्य बढ्यो

Aug 08, 2022 09:55 AM Merolagani



आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (ADLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुबै उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.४६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १२८.७३ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८४१.६० प्रतिशत र अन्य सञ्चालन आम्दानी ४७.२२ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २८ रुपैयाँ ३१ पैसा बढेर ३३ रुपैयाँ ३० पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड २३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ९.९० प्रतिशत, निक्षेप २२.१४ प्रतिशत र कर्जा १९.८५ प्रतिशत बढेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।