आदर्श लघुवित्तको नाफा र ईपीएस दुबै उल्लेख्य बढ्यो

Aug 08, 2022 09:55 AM Merolagani

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (ADLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुबै उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.४६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १२८.७३ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८४१.६० प्रतिशत र अन्य सञ्चालन आम्दानी ४७.२२ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २८ रुपैयाँ ३१ पैसा बढेर ३३ रुपैयाँ ३० पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड २३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ९.९० प्रतिशत, निक्षेप २२.१४ प्रतिशत र कर्जा १९.८५ प्रतिशत बढेको छ।

comments powered by Disqus

अब लगानीकर्ताले नाफामा मात्रै कर तिर्नु पर्ने,वर्ष भरिको कारोबार नाफा/घाटा मिलान गर्न पाउने

May 30, 2023 12:10 PM

अब लगानीकर्ताले नाफामा मात्रै कर तिर्नु पर्ने भएको छ। वर्ष भरिको कारोबार देखाएर नाफा/घाटा मिलान गर्न पाउने व्यवस्था सरकारले गरेको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकाले उक्त व्यवस्था गरेको हो।