प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक बढ्यो नेप्से

Aug 08, 2022 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२७ अंक बढेर २१२३.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३६ अंक बढेर २१२८.१९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२ स्टकको ४ लाख २४ हजार ३०८ रुपैयाँ ९० पैसा बराबरको ७८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।