सयपत्री हाइड्रोपावरको आइपीओ भाेली बिहान बाँडफाँट हुने

Aug 08, 2022 12:09 PM Merolagani



सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आइपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।

हाइड्रोपावरको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५.७२ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् । यसले गर्दा कम्पनीको आइपीओमा आवेदन गर्ने करिब साढे १५ लाख आवेदकको हात खाली हुने छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।