बैंकहरुको निक्षेपमा अझै देखिएन सुधार, कर्जा लगानी बढ्न थाल्यो

Aug 08, 2022 05:08 PM Merolagani



वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम अझै रोकिएको छैन। नयाँ आर्थिक वर्ष लागेदेखि घट्न थालेको बैंकहरुको निक्षेप संकलन साउन तेस्रो साता पनि ४ अर्ब रुपैयाँले घटेको छ।

साउन पहिलो साता ६४ अर्ब रुपैयाँले घटेको बैंकहरुको निक्षेप संकलन दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको थियो भने तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ।

साउन २० गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ४६ अर्ब रुपैयाँ छ। असार अन्तिमसम्ममा यस्तो निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो।

निक्षेप संकलन बढ्न नसकेपनि बैंकहरुको कर्जा लगानी भने बढ्न थालेको देखिएको छ। गत साता बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स सँघको तथ्याँकले देखाउछ।

साउन २० गतेसम्ममा बै‌ंकहरुको कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ छ। असार अन्तिमसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।