ज्योति लाइफको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

Aug 10, 2022 11:32 AM Merolagani



ज्योति लाइफ इन्स्योरेन्स कम्पनी (JLI) को विशेष साधारणा सभा सम्पन्न भएको छ । साउन २४ गते मंगलबार वाटरफ्रन्ट रिर्सो, लेकसाइड पोखरामा विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीले सूर्या लाइफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने  प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धिको मर्जर तथा एक्वीजिसन विषयमा गरिएको सञ्चालक समितिको निर्णय अनुमोदन गरेको हो ।

यस्तै कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेको संस्थापकहरुको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

शेयर संरचना परिमार्जन पश्चात संस्थापकको ४९ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।