नेशनल माइक्रोफाइनान्सको नाफासँगै ईपीएस पनि बढ्यो

Aug 11, 2022 08:50 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०.८४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.२५ प्रतिशत र सञ्चालन मुनाफा २७.५३ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपैयाँ ६० पैसा बढेर ६८ रुपैयाँ ४४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ।

५८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी ०.२० प्रतिशत, निक्षेप २०.७१ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ।

comments powered by Disqus

यसकारण बढ्ने भयो शेयर बजार

Sep 21, 2023 06:17 AM

निरन्तर ओरालो लागेको शेयर बजार पुनः उकालो लाग्न सुरु गरेको छ । सोमबार झिनो ४.२६ अंकले बढेको बजार मंगलबार १६.२४ अंकले उकालो लाग्यो ।