भदौ १५ गतेदेखि एकिकृत कारोबार सुरु गर्दै मिर्मिरे र बुद्धज्योति लघुवित्त

Aug 26, 2022 09:05 AM Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

यी दुई लघुवित्तले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन्। असार ३१ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गरेको थियो। एक्विजिशनको लागि भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते अन्तिम स्वीकृती दिएको थियो।

प्राप्तीपश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं. ८, बनेपाबजार, काभ्रेपलान्चोकमा नै रहनेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।