श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जनाले पाए १० कित्ताका दरले शेयर

Sep 12, 2022 09:55 AM Merolagani



भदौ २७, सोमबार श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर यस दिन बाँडफाँट गरेको हो।

सो शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।