सानिमा इक्वीटि फण्डले गर्यो प्रतिफल घोषणा

Sep 13, 2022 11:04 AM Merolagani



सानिमा इक्वीटि फण्ड (SAEF) ले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

सानिमा क्यापिटल व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाले इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो।

हाल सानिमा इक्वीटि फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ। यसअनुसार योजनाले २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई दिने छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।