सानिमा इक्वीटि फण्डले गर्यो प्रतिफल घोषणा

Sep 13, 2022 11:04 AM Merolagani



सानिमा इक्वीटि फण्ड (SAEF) ले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

सानिमा क्यापिटल व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाले इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो।

हाल सानिमा इक्वीटि फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ। यसअनुसार योजनाले २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई दिने छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।