प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Sep 14, 2022 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३२ अंक बढेर १९३६.३७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १४ स्टकको ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।