प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Sep 15, 2022 10:52 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

बुधबार ४७.४४ अंक बढेर १९८१.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७७ अंक बढेर १९८३.२६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १९ स्टकको २ लाख २२ हजार २५६ रुपैयाँ बराबरको ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ। बाँकी १ स्टककाे मूल्य साे सेसनमा स्थिर रहेकाे छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।