प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्याे नेप्से

Sep 18, 2022 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

गत शुक्रबार १४.१० अंक घटेर १९१०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक घटेर १९१०.२० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १७ स्टकको १ लाख ६६ हजार १०४ रुपैयाँ बराबरको ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टककाे मूल्य साे सेसनमा स्थिर रहेकाे छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।