प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्याे नेप्से

Sep 18, 2022 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

गत शुक्रबार १४.१० अंक घटेर १९१०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक घटेर १९१०.२० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १७ स्टकको १ लाख ६६ हजार १०४ रुपैयाँ बराबरको ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टककाे मूल्य साे सेसनमा स्थिर रहेकाे छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।