अटो कम्पनीको दशैं अफरः नगद छुटदेखि बम्पर उपहारसम्म, कुन कम्पनीले के ल्याए ?

Sep 18, 2022 03:25 PM Merolagani

५ महिनादेखि सवारीसाधन आयात प्रतिबन्ध कायम रहे पनि अटो बजारलाई गुल्जार बनाउन सवारी विक्रेता कम्पनीहरुले चाडपर्व अफर ल्याएका छन् ।

सरकारले असोज अन्तिमसम्म इन्धनबाट चल्ने चारपाँग्रे सवारीसाधन र १५० सीसी माथिका मोटरसाइलकल भित्र्याउन रोक लगाएको छ ।

सर्वाधिक सवारी विक्री हुने समयमै व्यसायीसँग गाडी अभाव हुँदाहुँदै पनि केहि अटो कम्पनीहरुले भने चाडपर्वमा अटो बजारलाई चलायमान बनाउन बम्पर अफर ल्याएका छन् ।

खासगरी हुन्डाइ,टाटा,रोनो,नोटा भी लगाएका कम्पनीले दशैँ तिहार लक्षित विभिन्न योजना सार्वजनिक गरेका छन् ।

 

कुन कम्पनीले कस्ता अफर ल्याए ?

हुन्डाइ

दशैंलाई लक्षित गर्दै हुन्डाइले अफर सार्वजनिक गरेको छ । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ स्कीम ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले मोडल अनुसार ५ लाखसम्मको आकर्षक नगद छुट र अर्को स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजारसम्म नगद छुट पनि पाउन सक्नेछन् । साथै, कम्पनीले यस योजनामा गाडी खरिद गर्दा ग्राहकलाई १ वर्षको निःशुल्क बीमा पनि उपलब्ध गराउने छ ।

सबै हुन्डाईका गाडीमा ३ वर्षको वारेन्टी,६ वर्षको फ्रि सर्भिसिङ्गका साथै पहिलो वर्षको वार्षिक कर पनि उपलब्ध हुनेछन् ।

चाँगन

त्यस्तै चाँगनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले दशैं स्कीम ल्याएको छ ।

कम्पनीले ल्याएको स्कीममा चाँगन एल्सभीन किन्ने ग्राहकले ८ लाख डाउन पेमेन्ट गर्दा पुग्ने स्कीम ल्याएको हो । साथै,चांगनको हन्टर पीकअप किन्न चाहने ग्राहकले १५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्ने छ ।

कम्पनीले चाडपर्वको हर्षोउल्लासलाई मध्यनजर गर्दै ग्राहकलाई आकर्षक छुट,एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र एक वर्षको सवारीसाधन कर पाउन कम्पनीले जनाएको छ ।
टाटा

विद्युतीय गाडीबाट चर्चा कमाएको टाटाले पनि दशैं तिहार अफर ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले २०७९ सालको दशैंलाई लक्षित गरी ‘दशैंमा द–सही’ अफर ल्याएको छ ।

कम्पनीको अफर अनुसार टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी खरिद गर्दा टिभी, फ्रिज,वासिङ मेसिन,ओभन,ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सकिने  छ ।

कम्पनीका अनुसार आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी,एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् ।

रेनो

रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले ‘चाडपर्वको शुभ शुरुवात,गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।

रेनोको कुनै पनि मोडलको नयाँँ गाडीको खरिदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङको सुविधा पाउने छन् ।

एक्स्चेन्ज बोनस, ब्राण्ड लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु समेत रहेका छन ।

डीएफएसके

डीएफएसकेको आधिकारीक वितरक कुजु नेपालले चाडपर्वलाई लक्षित गर्दै ग्राहकमैत्री स्कीम ल्याएको छ । कम्पनीले अहिले बजारमा देखिएको तरलता समस्याको बाबजुद ग्राहकलाई राम्रो फाइनान्स स्कीम दिएको कम्पनीले जनाएको छ ।

‘दशैं बबाल सेभिङ अफर’मा डीएफएसकेको ग्लोरी आई अटो र ग्लोरी ५६० किन्ने ग्राहकलाई १० लाख डाउन पेमेन्टमा गाडी उपलब्ध गराउने छ ।
फोर्स

फोर्स मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टले चाडपर्वको अवसर पारेर गाडी किन्ने ग्राहकलाई थप फाइदा हुने स्कीम संचालनमा ल्याएको छ ।

कम्पनीले दशैं–तिहारको अवसरमा फोर्सका गाडी किन्दा आकर्षक नगद छुटको साथमा वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोनलगायत उपहार जित्न सक्ने स्कीम ल्याएको हो ।

नेटा भी

हालसालै नेपाल भित्रिएको चिनिया ब्रान्ड नेटा भि विद्युतीय गाडीले पनि अफर सार्वजनिक गरेको छ ।

इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ वरावरको स्किम प्राप्त गर्न सकिने छन ।

यसै गरी वम्परमा तीनजना भाग्यशाली विजेताले टीभी, होलिड टुर र रेफ्रिजिरेटर उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

चिनियाँ इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो कारलाई ग्राहकले ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसैगरी, ३ जना भाग्यसाली विजेताले उपहारमा सिजी ब्रान्डको ७५ इन्चको स्मार्ट टिभी, एक जोडीलाई मेघौली सेराई रिसोर्टमा हालि डे प्याकेज र सिजी ब्रान्डकै रेफ्रिजिरेटर जित्न सक्नेछन् ।

इसुजु

इसुजु गाडीको विक्रेता टाइम्स मोटर्सले दशैं स्किम अन्तर्गत पिकअप खरिद गर्दा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिएको छ । २० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरी वाँकी रकमलाई सरल किस्तावन्दीमा तिर्न सकिने उक्त स्किममा ग्राहकले २ महिनाको इएमआई होलिडेको सुविधा समेत पाउनेछन् ।

यसको साथै ग्राहकले १ लाख ५० हजारसम्म नगद छुट, एक वर्षको निशुल्क इन्सुरेन्स र एस–क्यावमा निशुल्क एसेसोरिज समेत प्राप्त गर्न सक्नेछन् ।

अटो कम्पनीहरुसँग गाडी स्टक नभएपछि कतिपय कम्पनीले अफर सार्वजनिक गरेका छैनन् भने केहि कम्पनी ल्याउने क्रममा छन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।