नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ समितिको पत्र, सात दिन भित्र प्रगति विवरण बुझाउन निर्देशन, अब के हुन्छ ?

Sep 20, 2022 03:04 PM merolagani



नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेस गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको छ। गत भदौ ३१ गते लेखेको पत्रको जबाफ सात दिन भित्र दिन समितिले भनेको छ।

नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई नेप्से कर्मचारी सङ्घ र नेपाल स्टक ब्रोकर एसोसिएसनले समिति सभापति समक्ष दिएको निवेदन उपर कारबाही गर्दै उक्त विवरण माग गरेको पत्रमा उल्लेख छ।

“नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन अनुरोध छ” समितिले लेखेको पत्रमा भनिएको छ।

समितिले पठाएको पत्र नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड दुवैले बुझी सकेका छन्। उनीहरूले पछिल्लो समय भएको प्रगति विवरण बुझाउने क्रममा रहेको बुझिएको छ। समितिले नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्जको विषयमा दिएको चासोले पुनः पूँजी बजारमा नयाँ तरङ्ग ल्याएको छ।  




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।