नेपाल ल्युव आयलकाे लाभांश प्रस्ताव, पारित गर्न साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Sep 20, 2022 06:05 PM Merolagani



नेपाल ल्युव आयल लिमिटेड (NLO) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिले सिफारिस गरे बमोजिम २५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रस्तावित बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित पारित गर्नेछ ।

यस्तै सभाले कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँबाट थप गरी १० करोड रुपैयाँ पुर्याउने प्रस्ताव प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनाको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।