इन्धनबाट चल्ने सवारीसाधनको आयात रोक्न अर्थमन्त्रीले गठन गरे अध्ययन समिति

Sep 22, 2022 03:21 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले इन्धनबाट चल्ने सवारीसाधन आयात कसरी रोक्ने भन्ने बिषयमा अध्ययन समिति गठन गरेका छन ।

बिहिबार नाडा अटो सोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयातमा कुनै निश्चित समय तोक्ने तयारी भएको बताए ।

‘वार्षिक खर्बाै रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुन्छ’ अर्थमन्त्री शर्माले भने ‘त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका गर्न राजश्व सचिवको नेतृत्वमा समिति गठन भएको छ ।’

कोईला, डिजेल, पेट्रोलको युग सकियो । अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं । नाडाले अब त्यसमा ध्यान दिनुपर्ने उनले बताए ।

उनले नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन गर्नुपर्ने उल्लेख गरे ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।