बालेनले चलाए वीर अस्पताल अगाडि डोजर, अब औषधि किन्न कहाँ जाने ?

Sep 22, 2022 03:52 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बलेन) साहले वीर अस्पताल अगाडि डोजर चलाएका छन् । उनले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाएका हुन् ।

महानगरपालिले अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरपालिकाले सूचना जारी गरेको थियो ।

सूचना जारी गर्दा पनि अनधिकृत संरचना नहटाएकपछि डोजर लगाएर हटाउनु परेको महानगरपालिकाको भनाइ छ । सो क्षेत्रमा औषधि रहेका थिए । वीर अस्पतालका बिरामीहरुले ती पसलहरुबाट औषधि किन्दै आएका थिए । तर, अब औषधि किन्न कहाँ जाने हुन् ?

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।