डलरको भाउमा नयाँ रेकर्ड, एकैदिन १ रुपैयाँ भन्दा धेरैले बढ्यो, आयात महँगिने

Sep 23, 2022 07:48 AM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार नयाँ उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्ने भएको छ।

बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ। शुक्रबार एकैदिन डलरको भाउ झण्डै साढे १ रुपैयाँले बढेका छ।

यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। अहिले डलरको भाउ पुनः सो विन्दु भन्दा माथि पुगेको छ।

अहिले अमेरिकि फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरीका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ। धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ। यसले भाउ बढाएको हो।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। शुक्रबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।