बोटलर्स नेपालको दुबै कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिँदैछन् लाभांश?

Sep 25, 2022 11:24 AM Merolagani



कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुबै कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।

बोटलर्स नेपाल (तराई) (BNT) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) (BNL)  ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।