शेयर बजारमा गिरावट कायमै, १८०० नजिक नेप्से सूचक

Sep 25, 2022 03:25 PM Merolagani



शेयर बजारमा गिरावट कायमै देखिएको छ। आइतबार पनि नेप्से सूचक उच्च अंकले घटेर १८०० नजिक आइपुगेकाे छ।

यस दिन नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१४ विन्दुमा झरेको छ। आइतबार कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ६५ करोडको कारोबार भएकोमा आइतबार १ अर्ब बढीको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर कारोबार भएको छ।

आइतबारदेखि शेयर कारोबार सुरु भएको अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी बै‌ंकको २.६६ प्रतिशत, जोशी हाइड्रोपावरको २ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को २ प्रतिशत र आदर्श लघुवित्तको १.९८ प्रतिशतले बढेको छ।

यता, तेह्रथुम पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, निफ्राको ६.४१ प्रतिशत, बुद्धभुमी हाइड्रोपावरको ५.७४ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको ५.६३ प्रतिशतले घटेको छ।

आइतबार लक्ष्मी बैंकको सबैभन्दा धेरै २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली हाइड्रोपावरको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा हाइड्रोपावर, लगानी र फाइनान्स उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।