भदाैमा १३ प्रतिशतले घट्यो देशको आयात, व्यापार घाटा २ खर्ब ७३ अर्ब

Sep 25, 2022 03:32 PM MeroLagani

सरकारको आयात नियन्त्रणको प्रभाव आयात व्यापारमा देखिएको छ । चालु आवको भदौ महिनामा नेपालको आयात व्यापार अघिल्लो आवको सोही महिनाको तुलनामा १३.०१ प्रतिशतले घटेको छ ।

नेपालले अघिल्लो आवको भदौ मसान्तसम्म ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको सामान आयात गर्ने गरेकोमा चालु आवको भदौ मसान्तसम्म २ खर्ब ७३ अर्ब ५९करोड रुपैयाँ बराबरको मात्रै सामान आयात गरेको छ । चालु आवको पहिलो महिनादेखि नै आयात व्यापार र व्यापार घाटामा समेत गिरावट देखिएको छ ।

चालु आवको भदौसम्म नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.४५ प्रतिशतले कम हो ।

नेपालले चालु आवको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३४.८८ प्रतिशतले कम हो । अघिल्लो वर्ष भदौ मसान्तसम्म नेपालले ४४ अर्ब ३ करोड रुपैयाँको सामान निर्यात गरेको थियो ।

नेपालको कुल आयात, निर्यात र व्यापार घाटामा कमी आउँदा कुल व्यापारसमेत १५.७० प्रतिशतले गिरावट देखिएको छ । गत वर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको व्यापार भएकोमा यस वर्ष १५.७० प्रतिशतले घटेर ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष ७.१४ गुणा रहेको आयात निर्यात अनुपात अहिले ९.१४ गुणा पुगेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा १२.२८ प्रतिशत रहेकोमा चालु वर्षको भदौ मसान्तमा ९.४९ प्रतिशतमा सिमित हुन पुगेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।