यो बियरमा शेयर मूल्य ५० रुपैयाँसम्म झर्ला ? अघिल्लो बियरको मूल्यसँग तुलना गर्दा यस्तो देखियो, एनटिसीले बजार फर्काउने

Sep 25, 2022 05:52 PM merolagani



सुवास निरौला

गएको बियर ट्रेन्डमा प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा झरेकाे थियाे। जबकि ती शेयर प्राथमिक बजारमै एक सय रुपैयाँ प्रति कित्ताका दरले निष्कासन भएका थिए। बेस प्राइस भन्दा ५० प्रतिशत छुटमा शेयर पाउँदा समेत तत्कालीन समयमा उक्त मूल्यमा शेयर सहज खरिद बिक्री हुने सहज अवस्था थिएन।  

यस पटक पुन: शेयर बजार वियरिस ट्रेन्डमा गएको छ। यसपटक पनि शेयर मूल्य ५० रुपैयाँमै आउलान् कि भन्ने चिन्ता आम लगानीकर्तामा बढ्दै गएको छ। जुन त्रास लगानीकर्तामा बढ्दै जाँदा शेयर बजार दिन प्रतिदिन तल्लो बिन्दु उन्मुख छ। तर लगानीकर्ताले जसरी शेयर मूल्य ५० रुपैयाँमै झर्ला कि भनेर सोचिरहेका छन्। त्यही बिन्दुमा शेयर मूल्य झर्ने कत्तिको सम्भावना छ भनेर मेरो लगानीले यस अघिको बुलमा कायम भएको शेयर मूल्य र बियरमा झर्दा कायम भएको मूल्य र प्रतिशतलाई तुलना गर्दै यस पटक ५० रुपैयाँमा झर्ने/नझर्ने विश्लेषण गरेको छ।

विश्लेषणको लागि बुल बियरमा समावेश भएको निश्चित समूहका निश्चित शेयर मूल्य लिइएको छ। जसमा औसत प्रतिशत तुलना गर्दा गएको बियरमा सबैभन्दा बढी जलविद्युत समूहले गुमाएको पाइएको छ। जसले गर्दा पनि यस पटक जलविद्युत कम्पनीको शेयर ५० रुपैयाँमै झर्ला कि भन्ने अनुमान लगानीकर्ताले गरिरहेका हुन्। तर यस पटक ५९ प्रतिशत शेयर मूल्य घटिसकेकोले पनि जलविद्युत कम्पनीको शेयर मूल्य ५० रुपैयाँमा झर्ने सम्भावना छैन। जलविद्युत कम्पनीको मात्रै नभएर कुनै पनि समूहको शेयर मूल्य ५० रुपैयाँ मै झर्ने सम्भावना निक्कै कम देखिन्छ।

गएको बुलमा बजार १८८१ अंकसम्म उक्लिएको थियो भने त्यसपछि घटेको बजार ११  सय बिन्दुको हाराहारीमा झरेको थियो। १८८१ अंकमा बजार पुग्दा वाणिज्य बैंकहरुले कायम गरेको मूल्यसँग ११ सयको बिन्दुमा झर्दा कायम भएको मूल्य तुलना गर्दा त्यस बेला वाणिज्य बैंकको प्रति कित्ता शेयर मूल्य न्यूनतम ५१ प्रतिशतदेखि अधिकतम ८६ प्रतिशतसम्म घटेको देखिन्छ। यस पटक भने वाणिज्य बैंकको शेयर मूल्य ४६.७८ प्रतिशतले घटिसकेको छ। पछिल्लो अवस्थासँग तुलना गर्दा वाणिज्य बैंकको मूल्यमा अझै थोरै प्रेसर पर्न सक्ने देखिन्छ

पछिल्लो विवरणलाई हेर्ने हो भने अन्य  समूहको शेयर मूल्य घट्ने क्रम रोकिनु पर्ने देखिन्छ। किनकि अघिल्लो बियरमा २५ प्रतिशत मात्रै घटेको समूहको शेयर यस पटक ४४ प्रतिशतले घटिसकेको छ। त्यसैगरी जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र  होटेल समूहको घट्ने क्रम अन्तिममा आइपुगेका छन्। करिब करिब उनीहरूको शेयर मूल्य घट्ने क्रम रोकिने चरणमा छन्।  

तर लगानीकर्तामा भने शेयर मूल्य अझै घट्ने त्रास थप बढ्दै गएको छ। जति जति शेयर मूल्य घट्दै गइरहेको छ। त्यति त्यति नै लगानीकर्ता अत्तालिन थालेका छन्। तर बजारले इतिहासलाई दोहोर्‍याउने हो भने बियरिष ट्रेन्डको पहिलो चरणको गिरावट अन्तिम चरणमा छ। बजारमा अन्य  समूहले गुमाउनु पर्ने भन्दा बढी नै गुमाइसकेकोले गर्दा यस पटक बजार फर्काउन सबैभन्दा पहिले अन्य समूहले नै अग्रसरता लिने छ। पछिल्लो समयको निकालिएको तथ्याङ्क र त्यसको विश्लेषणमा यही देखिन्छ। 

  

    




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।