सन्दीप लामिछाने बिमानस्थलबाट पक्राउ, हतकडी नलगाउन सन्दीपले गरेकाे आग्रह प्रहरीले मानेन

Oct 06, 2022 11:55 AM merolagani



क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई पक्राउ गरिएको हाे। प्रकाउ गरेपछि सन्दीपले आरोप  प्रमाणित नभएकाेले हातमा हत्कडी नलगाउन प्रहरी सामु बिन्ती गरेपनि प्रहरीले साे विन्ती अस्वीकार गरेकाे थियाे । हत्कडी लगाएकाे ठाँउमा उनले सेताे रूमालले ढाकेका थिए ।

 स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । 

 भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।