एमडिएमएस लागुपछि विदेशबाट व्यक्तिले ल्याएका ९ हजार मोबाइल सेट दर्ता, पूर्णरुपमा कहिले लागु हुन्छ ?

Nov 10, 2022 01:23 PM Merolagani



मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा आएको दुई महिनमा झन्डै ९ हजार मोबाइल सेट दर्ता भएका छन् । 

खासगरी विदेशबाट नेपाल आउने क्रममा व्यक्तिले ल्याएका ८ हजार ८ सय ६४ ओटा मोबाइल दर्ताको लागि निवेदन परेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले भदौं मसान्तदेखि मोबाइल बजारलाई नियामन तथा नियन्त्रण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएसँगै विदेशबाट एयरपोर्ट र भारतीय सिमा हुँदै भित्रिने हजारौं मोबाइल दर्ता प्रक्रियामा आएको हो ।

विदेशबाट ल्याएका मोबाइलको आईएमईआई दर्ता नगरे मोबाइल सेट नचल्ने प्रणालीका कारण असोज १ गतेदेखि दर्ता अनिवार्य गरेको थियो । आवेदन परेका मध्ये पाँच हजार मोबाइल सेट दर्ता प्रक्रियामा गइसकेको प्राधिकरणले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले दुई महिनमा झन्डै ९ हजार मोबाइल सेट दर्ताको लागि निवेदन परेको जानकारी दिए । ‘यो परिणाममा दर्ता प्रक्रियामा आउनु एमडिएमएसको कार्यान्वयनको सकारात्मक पक्ष हो’ उनले भने ‘यो बीचमा अवैध मोबाइल आयात पनि रोकिएको छ।’ 

आवेदन परेको केहि स्मार्टफोनको दर्ता समेत रद्द भएको उनको भनाई छ । उनले भने ‘बुधबारसम्म ८ हजार ८ सय ६४ ओटा मोबाइल दर्ताको लागि निवेदन परेको छ ।’ 

प्राधिकरणले एमडिएमएस लागु भएपछि व्यक्तिले अनलाइन तथा भाैतिक रुपमा प्राधिकरणमै उपस्थित भएर आफ्नो मोबाइल दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । विदेशबाट नेपाल आएका मोबाइल दर्ता नगराएसम्म नेपालमा कुनै पनि सेट नचल्ने प्राधिकरणले मापदण्ड तोकेको छ ।

मिश्रका अनुसार विदेशबाट ल्याएका मोबाइल सेट दर्ता गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । एमडिएमएस सञ्चालन गर्नुपूर्व करिब ३ लाख ५० हजार आइएमइआई दर्ता भएकाे प्राधिकरणले जनाएको छ ।

एमडिएमएस सफ्ट लन्च भएको दुई महिना वितिसक्दा पनि पूर्णरुपमा कार्यान्वयनमा भने आउन सकेको छैन् । मोबाइल व्यवसायीका अनुसार एमडिएमएस लागुपछि जुन हिसाबमा अबैध मोबाइल आयात घट्ने  भनिएपनि त्याे मात्रामा घटेको छैन ।

एमडिएमएस लागु भएपनि मोबाइल प्रयोगकर्ता तथा आम जनमानसमा अन्योलता नै कायम रहेको व्यवसायी बताउँदै आएका छन । प्राधिकरणमा एमडिएमएसकै बिषयमा दैनिक सयौं जिज्ञासा र उजुरी पर्ने गरेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।