लुक्स र फिचरले लोभ्याउने हुन्डाइ आयोनिक एसयूभी, यस्तो छ मुल्य र बिशेषता

Nov 12, 2022 04:10 PM Merolagani



नेपाली बजारमा भित्रिएको छाटो समयमा लोकप्रिय बनेको विद्युतीय गाडीको रुपमा लोकप्रिय छ हुन्डाइ आयोनिक । कोरियन अटो कम्पनी हुन्डाईको प्रिमियम क्रसओभर एसयूभी आयोनीक ५ विश्व बजारमा चर्चा पाउन सफल मोडल हो ।

फ्यूचरस्टीक डिजाइनको कारण यसले विद्युतीय कार बजारमा नयाँ मानक स्थापित गरेको छ । आकर्षक फिचर र बोल्ड लुक्स नै यो गाडीको मुख्य बिशेषता हो । हाल नेपालमा लक्ष्मी समुहले हुन्डाइका गाडी बिक्री वितरण गर्दै आएको छ ।

के के छन् बिशेषता ?

हुन्डाइ आयोनिक ५ को मुख्य बिशेषता नै बोल्ड डिजाइन र सिस्टम हो । पर्फमेन्स, इफिसियन्सीर कम्फर्टका लागि यसमा सबै प्रविधिको प्रयोग गरिएको छ ।

रियर ह्विल ड्राइभ, सोलार एन्ड भिजन रुफ, भेइकल टु लोड (भीटुएल) फिचर, एम्बिएन्ट मुड लाइट, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता फिचरले आयोनिक ५ लाई थप उत्कृष्ट बनाएको छ ।

ग्लोबल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा बनाइएको इलेक्ट्रिक भएको कारण पनि हुन्डाई आयोनिक ५ इलेक्ट्रिकमा ५८ र ७२.६ किलोवाट आवरका दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध गराएको छ ।

अल ह्विल र रियर ह्विल ड्राइभमा समेत दिइएको यो गाडीले रियर ह्विल ड्राइभ र ७२.६ किलोवाट आवर भर्सनले सिंगल चार्जमा ४८१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । दुई ओर्ट ब्याट्री प्याक अप्सनलाई १८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यो गाडी एकपटक चार्ज गरेपछि तीन सय ११ किलो मिटरसम्मको यात्रा तय गर्न सक्छ । आयोनिक ५ को भित्रि पार्ट पनि आकर्षक बनाइएको छ । लग्जरी सिट, दुई ड्राइभिङ मोड, लाइटिङ सिस्टम, एलइडि डिस्प्ले, ७ ओटा साइड स्पिकरलगायतका फिचर यो गाडीमा उपलब्ध छ ।

मूल्य

नेपाली बजारमा हुन्डाइ आयोनिक आउँदा ९० लाख हाराहारीमा मुख्य तोकिएको थियो । तर, सरकारले विद्युतीय गाडीमा लाग्दै आएको कर बढाएपछि यो गाडीको मुल्य पनि बढेको छ ।

 

जसमा हाल कम्पनीले हुन्डाइ आयोनिकको मुल्य एक करोड १६ लाख तोकिएको छ । हाल नेपालमा एमडी, हुन्डाई, टाटा, बिवाईडी, निसानका विद्युतीय गाडी लोकप्रिय छन ।

प्रिमियम इलेक्ट्रिक गाडी सेग्मेन्टमा आयोनिकले बिवाईडी एटो थ्रिसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।