विद्युत बिक्री आम्दानीसँगै घट्यो आँखुखोलाको नाफा

Nov 15, 2022 05:11 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा घटेको छ।

कम्पनीले सो अवधिसम्ममा १ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.७३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.९५ प्रतिशत घटेको छ। मेशिन बिग्रिएको र नेपाल विद्युत प्राधिकरणले उत्पादनमा लगाएको प्रतिबन्धका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसा घटेर ९ रुपैयाँ ६२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १७.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ५७ पैसा रहेको छ।

सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ८० करोड रहेको छ भने अन्य इक्विटी २१ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।