लाभांश र मर्जर प्रस्ताव पारित गर्न बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले डाके साधारण सभा

Nov 15, 2022 08:11 AM Merolagani



बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेका छन्। यी दुबै बैंकले मंसिर २३ गते शुक्रबार साधारण सभा डाकेका हुन्।

बैंक अफ काठमाण्डू (BOKL) को २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक (GBIME) को १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, यी दुबैंक बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशिया स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

मर्जर प्रयोजनार्थ यी दुबै बैंकहरुको शेयर कारोबार गत असार २ गतेदेखि बन्द रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।