विद्युत बिक्री आम्दानी घटेपनि यस कारण बढ्यो राधी विद्युत कम्पनीको नाफा

Nov 16, 2022 05:13 AM Merolagani



राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै कर रकम पनि घटेका कारण कम्पनीको नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.४५ प्रतिशत घटेको छ।

जलविद्युतको व्यापारिक उत्पादन सुरु गरेका मितिल पहिलो सात वर्षसम्म पुरै आयकर छुट पाउने र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था रहको छ। कम्पनीले व्यापारिक उत्पादन सुरु गरेको ७ वर्ष पुरा भइसकेको छ। २०७८ असारबाट तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीमा सोही अनुसारको आयकर तिरिएकाले यसको असर आयमा परेको वित्तीय विवरणमा उल्लेख छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९८ पैसा बढेर १२ रुपैयाँ ७३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९ गुणा रहेको छ।

६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १८ करोड २६ लाख रुपैयाँ रहेको छ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।