लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जिले डाक्यो साधारण सभा

Nov 16, 2022 11:04 AM Merolagani



माउन्टेन इनर्जि नेपाल लिमिटेड (MEN) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले पुस ८ गते साधारण सभा डाकेको छ। सो सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।