लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जिले डाक्यो साधारण सभा

Nov 16, 2022 11:04 AM Merolagani



माउन्टेन इनर्जि नेपाल लिमिटेड (MEN) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले पुस ८ गते साधारण सभा डाकेको छ। सो सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।