फरवार्ड माइक्रोफाइनान्सको नाफा करिब ६४ प्रतिशत घट्याे

Nov 17, 2022 08:19 AM Merolagani



फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३८.५५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २७.७५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा ४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रुपैयाँ २८ पैसा घटेर १४ रुपैयाँ ३९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७८.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.३५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप १७.२४ प्रतिशत बढेको छ भने कर्जा ११.९८ प्रतिशत बढेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।