काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु, प्रकाशमान र रविन्द्र मिश्र बीच कडा प्रतिस्पर्धा

Nov 21, 2022 10:16 AM Merolagani



काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सुरु भएको जनाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको मतगणनामा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल बीच प्रतिस्पर्धा भइरहेको छ ।

यो क्षेत्रलाई हट सिटको रुपमा लिइएको छ । यस अघिको आम निर्वाचनमापनि रविन्द्र मिश्र थोरै मतान्तरले पराजित भएका थिए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।