एनएसीको उडान कटौती हुँदा आम्दानीमा संकुचन

Nov 22, 2022 05:38 PM MeroLagani



नागरिक उडड्यन प्राधिकरणले नेपाल वायुसेवा निगम (एनएसी)लाई मागेको उडान तालिका बमोजिम अनुमति नदिँदा निगमनको आम्दानीमा संकुचन आएको छ । 

निगमले गत सेप्टेम्बर १५ मा दिल्लीका लागि १४, दोहा, मलेशिया र दुबईका लागि ०७÷०७ र रियादको लागि ०६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारिताको ०३–०३ गरी प्रतिहप्ता जम्मा ५६ वटा उडान तालिका उड्डयन प्राधिकरणमा स्वीकतिको पेस गरेको थियो । प्राधिकरणले गत अक्टोबर २३ मा निगमलाई प्रतिहप्ता ४२ वटा मात्र उडान स्वीकृति दिएको छ । निगमले हप्तामा ५६ वटा उडानको तालिका प्रस्तुत गरेकोमा १४ वटा उडान कटौती गरी ४२ वटा उडानको मात्रै स्वीकृति दिएको हो ।

निगमले हिस्टोरिकल स्लटको रुपमा सञ्चालन हुँदै आएको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको साप्तहिक १४ उडानमध्ये १० वटा उडान मात्र स्वीकृत भएकाले निगमको आम्दानीमा व्यापक संकुचन आएको निगमले जनाएको छ । काठमाडौं दिल्ली सेक्टर निगमको सबैभन्दा धेरै आम्दानी हुने रुट भए पनि प्राधिकरणले निगमको उडान कटौती गरेर भारतीय एयरलायन्स कम्पनीहरुलाई रुट प्रदान गरेको हो । निगमले आफ्ना यात्रुहरुलाई रिरुटिङ गरेर पठाउँदा थप अतिरिक्त लगतको भार थपिएको समेत जनाएको छ ।

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्दै आएको छ । उक्त गन्तव्यहरुमध्ये भारतको नयाँ दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुुईवटा उडान सञ्चालन गर्दै आएको छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरुलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको हवाई क्षेत्रका विज्ञहरु बताउँछन् ।

उड्डयन प्राधिकरणले भने निगम व्यवस्थापनलाई काठमाडौं दिल्लीतर्फ कटौती भएको ४ उडान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम निगम व्यवसथापनले काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडानको स्वीकृतिको लागि प्राधिकरण पठाएको जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।