हिमालयन बैंकले डिस्कभर्स अन्तराष्ट्रिय सञ्जालका कार्डहरु स्विकार गर्ने

Nov 22, 2022 07:02 PM Merolagani



विभिन्न अन्तराष्ट्रिय ब्राण्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्डहरु स्विकार गर्ने नेपालको एक मात्र बैंक हिमालयन बैंक(HBL)ले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ ।

बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्क बिच भएको उक्त व्यवस्थाले, कार्डधारकहरुलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्पहरु उपलब्ध हुनेछ । डिस्कभर्सका कार्डहरु स्विकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरुले वार्षिक रुपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् ।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरुका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरुमा रहेका आफ्ना पस मेशिनहरुमा उक्त नेटवर्कका कार्डहरु स्विकार गर्ने छ । डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरुले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरु स्विकार गर्ने छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको बताएकाे छ ।

हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक धएकाे बैंकले जनाएकाे छ । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० ए टि एम तथा ६००० भन्दा बढि पस टर्मिनलहरुमा स्विकार गर्ने छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।