बीमा कम्पनीहरुको बीमाशुल्क साढे २ प्रतिशतले घटेपनि बीमा पहुँच ४३.६२ प्रतिशतमा पुग्यो

Nov 23, 2022 02:57 PM Merolagani

चालु आर्थिक वर्षको पहिलो मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ४३.६२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १४.८१ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा बीमाको पहुँच २८.८१ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.७८ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा यस्तै पहुँच २६.९७ प्रतिशत मात्रै रहेको थियो ।

पछिल्लो समय बीमालेखमा वृद्धि भएपछि बीमाको दायरा विस्तार थप सहयोग पुगेको बीमा प्राधिकरणले जनाएको छ । असोजसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ११३.३४ प्रतिशत र अन्य जीवन बीमालेख ५०.२७ प्रतिशतले बढेको छ । कुल जीवन बीमालेख संख्या पनि ५४.१० प्रतिशतले बढेर ९० लाख ९ हजार ९९७ वटा पुगेको छ ।

जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड ३२ लाख ४७ हजार ५०७ वटा बीमालेख जारी भएको प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ८५ लाख ८६ हजार १९३ वटा बीमालेख जारी गरेका थिए ।

यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि ११३.३४ प्रतिशतले बढेर ११ लाख ६८ हजार २७३ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५ लाख ४७ हजार ६०१ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ५.६८ प्रतिशतले घटेर ६ लाख ८९ हजार ४६८ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले ७ लाख ९९७ वटा बीमालेख जारी गरेका थिए ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने २.६२ प्रतिशतले घटेर ४६ अर्ब ६१ करोड ९३ लाख रुपैयाँमा झरेको बीमा प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका ३ हजार ३६० वटा शाखा कार्यालयहरुमा ११ हजार ८५२ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।