सम्पत्ति शुद्धिकरणमा बीमा प्राधिकरणको कडाई, बीमा कम्पनीका सञ्चालक तथा सिइओले पुलिस रिर्पोट बुझाउनु पर्ने

Nov 24, 2022 11:32 AM Merolagani



नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई कडाई गर्ने भएको छ ।

प्राधिकरणले इजाजत प्राप्त सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कडाई गरेको हो ।

 प्राधिकरणले बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीको सञ्चालक तथा सिईओहहरुलाई अपराधिक पृष्ठभुमिबारे थहा पाउन प्रहरी प्रतिवेदन अनिवार्य गरेको छ । त्यस अनुसार अब बीमा कम्पनीहरुले सञ्चालक समिति सदस्यहरु र सिइओले प्राधिकरणई प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।

एक प्रतिशतभन्दा बढीको संस्थापक शेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पनि पेश गनुपर्ने निर्देशन दिएको छ ।

यस्तै बीमालेखमा हितग्राही/मनोनित उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति एकको वा नभएको एकिन गनुपर्ने र बीमालेखमा बीमितको परिचय खुल्ने कागजात जस्तै, नेपाली नागरिकता र सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात अनिवार्य व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

२५ लाख भन्दाबढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात बीमा कम्पनीहरुले अनिवार्य लिनु पर्ने प्राधिकरणले जनाएको छ ।

बीमा कमपनीहरुका कर्मचारी तथा बीमा अधिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलाप वित्तीय लगानी निवारण सम्बन्धी तालिम अभिमुखीकरणको सङख्या बढाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।