नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न

Nov 24, 2022 03:06 PM Merolagani



नेशनल लाईफ इ्रन्स्योरेन्स(NLICL)ले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए।

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासंग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताएका थिए ।

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।