विश्वकप फुटबल प्रतियोगिताः रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

Nov 25, 2022 05:37 AM Merolagani



कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ। ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको छ। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले। दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका थिए। उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए। सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए। यद्दपी गोल भने हुन सकेन।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अङ्क जोडेको छ। ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।