विश्वकप फुटबल प्रतियोगिताः रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

Nov 25, 2022 05:37 AM Merolagani



कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ। ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको छ। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले। दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका थिए। उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए। सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए। यद्दपी गोल भने हुन सकेन।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अङ्क जोडेको छ। ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।