आरएसडिसीको लाभांश घोषणा

Nov 27, 2022 10:08 AM Merolagani



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।