विश्वकप २०२२ः समूह ए बाट नेदरल्याण्ड र सेनेगल नकआउट चरणमा

Nov 29, 2022 10:49 PM Merolagani

कतारमा जारी फिफा विश्वकप २०२२ को ८ वटा समूहमध्ये समूह ए बाट नेदरल्याण्ड र सेनेगल अर्को चरण अथवा नकआउट चरणमा पुग्न सफल भएका छन्।

मंगलबार राति भएको खेलमा नेदरल्याण्डले आयोजक राष्ट्र कतारलाई र सेनेगलले इक्वेडरलाई हराउँद नकआउट चरणमा पुग्न सफल भएका हुन्।

नेदरल्याण्डले कतारलाई २–० ले हराएको थियो भने सेनेगलले इक्वेडरलाई २–१ ले हराएको हो। जीतसँगै नेदरल्याण्ड ७ अंकसहित समूहको पहिलो स्थान हासिल गर्दै अर्को चरणमा पुगेको हो। त्यसैगरी, इक्वेडरलाई हराएको सेनेगल ६ अंक सहित समूहको दोस्रो टोली भई अर्को चरणमा पुगेको हो।

समूह चरणमा पहिलो हार व्यहोरेको इक्वेडर ४ अंकसहित समूहको तेस्रो स्थानमा छ भने समूहचरणको तीनवटै खेलमा हार व्यहोरेको कतारले कुनै पनि अंक बटुल्न सकेको छैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।