श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Dec 13, 2022 02:42 PM Merolagani



मंसिर २७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ। यस दिन श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

श्रृजनशील लघुवित्त (SHLB) ले सर्वसाधारण (कर्मचारी सहित) मा निष्काशन गरेको ३ लाख ९३ हजार ७५० कित्ता र संस्थापकहरुको ७ लाख कित्ता शेयर गरी कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ३०२ रुपैयाँदेखि ९०६ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। लघुवित्तको शेयर एसएचएलबि टिकरमा कारोबार हुनेछ।

यस दिन पिपुल्स हाइड्रोपावर (PHCL) ले यसरी उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरेको ३२ लाख कित्ता, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरेको (सामुहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरु समेत) ४८ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ४० लाख कित्ता शेयर गरी कुल ३ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर पिएचसिएल टिकरमा कारोबार हुनेछ।

त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावर (EHPL) ले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरेको ६ लाख २० हजार कित्ता, सर्वसाधारण लगानीकर्ता (कर्मचारी समेत) शेयरधनीहरुमा वितरण गरेको ६ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४९ लाख ६० हजार कित्ता गरी जम्मा ६२ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ७२ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर ईएचपिएल टिकरमा कारोबार हुनेछ।

बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात यी कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।