५ कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नुपर्ने

Jan 02, 2023 09:16 AM Merolagani



पुस १८ गते, सोमबार, ५ कम्पनीको शेयरमूल्य समायोजन गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिभिल बैंक (CBL) ले पुस २८ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ।

यसका साथै सभाले भने ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC) ले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २८ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.२० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, पोखरा फाइनान्स लिमिटेड (PFL) ले पुस ३० गते छब्बिसौँ वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले दरबारथोक ब्याङ्कवेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजे सो सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) ले पुस २९ गते, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान १० बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

त्यसैगरी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते चौथो वार्षिक साधारण सभा आव्हान गरेको छ। लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, सभागृहचोक पोखरामा बिहान ११ बजे सो सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तहरु मर्ज अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।