एक घण्टापछि सुचारू भयाे नेपाल टेलिकमको सेवा

Jan 17, 2023 01:40 PM Merolagani



मंगलबार दिउँसो अवरुद्ध भएको नेपाल टेलिकमको सेवा सुचारू भएकाे छ । दिउँसो १२ बजेदेखि नेपालभर टेलिकमको मोबाइल सेवा, ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन लागेकाे थिएन । तर एक घण्टापछि टेलिकमकाे सेवा खुलेकाे हाे ।

यसैगरी, नेपाल टेलिकमका इन्टरनेट, आधिकारिक वेबसाइट र एसएमस सेवामा समेत समस्या देखिएकाे थियाे । दिउँसाे १ बजेसम्म बन्द रहेकाे टेलिकमकाे सेवा अहिले भने खुलेकाे छ ।

सेवा रोकिएपछि सामाजिक संजालमा नेपाल टेलिकमका उपभोक्ताहरुले गुनासाे गरेका थिए।