मेटलाइफको बोनस दर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाइने

Jan 19, 2023 11:31 AM Merolagani



अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन् ।यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।