मर्जर पश्चात कुमारी बैंकको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

Jan 19, 2023 05:28 PM Merolagani



साविकको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीच मर्जर पश्चात बनेको कुमारी बैंक (KBL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका थिए ।

मर्जर पश्चात बनेकाे बैंककाे शेयरलाई नेप्सेले १८९ रुपैयाँ ५६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा अर्काे सातादेखि बैंकको शेयर कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले केविएल कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा बैंकको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।