मर्जर पश्चात कुमारी बैंकको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

Jan 19, 2023 05:28 PM Merolagani



साविकको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीच मर्जर पश्चात बनेको कुमारी बैंक (KBL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीबीच एक आपसमा १ बराबर १ को अनुपातमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका थिए ।

मर्जर पश्चात बनेकाे बैंककाे शेयरलाई नेप्सेले १८९ रुपैयाँ ५६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस आधारमा अर्काे सातादेखि बैंकको शेयर कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले केविएल कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा बैंकको शेयर दोस्रो बजारमा किनबेच हुनेछ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।