मौलिक र रैथाने खानाको स्वाद लिइदै माघी विशेष खाना महोत्सव सम्पन्न

Jan 22, 2023 02:21 PM Merolagani



माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रालि द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छा घरले आयोजना गरेको ७ दिने खाना महोत्सव सम्पन्न भएको छ ।

माघ १ गते बुढानिलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उदघाटन गरेर सुरु भएको माघी विशेष खाना महोत्सवको समापन राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत गरेका थिए ।

माघी विशेष खाना महोत्सव समापन गर्दे उपाध्यक्ष बस्नेतले मौलिक भान्छाले आयोजना गरेको मौलिक र रैथाने खानाको महोत्सव उदारणीय काम भएकोले यसको प्रवद्र्धनमा युवा परिषद्को सहयोग रहने बताए । बस्नेतले “स्वादका लागि होइन दिमागले खाउँ” भन्ने आफ्नो स्लोलगन मौलिक भान्छाघरले पालना गरेको बताए । स्वादसँगै आफ्नो स्थानीय उत्पादनहरुको बजारीकरण हुने हुदाँ राज्य र स्वास्थ्य दुवैका लागि उतिकै महत्वपुर्ण फाइदा भएकोले यस्ता किसिमको व्यवसायलाई राज्यले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

 

बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थ्यका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सवको ६ सय ५० जनाले अवलोकन गरेको आयोजक सुमन दाहालले जानकारी दिए । गत आइतबारबाट सुरु भई शनिबारसम्म सञ्चालन भएको ७ दिने महोत्सवमा आम मानिसको उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले भने “यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य भएपनि लक्ष्य भन्दा बढीले अवलोकन गरेका छन् ।” मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।

सो कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिएको थियो भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको थियो ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम सम्पन्न गरेको हो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।