मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक, समिक्षाको लागि माग्यो सुझाव

Jan 23, 2023 01:46 PM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षाको तयारीमा जुटेको छ। राष्ट्र बैंकले माघ अन्तिम साता नै मौद्रिक नीतिको समिक्षा गर्नेगरी तयारी थालेको हो।

केन्द्रिय बैंकले मौद्रिक नीतिको समिक्षाको लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ। मौद्रिक नीतिको समिक्षाको लागि माघ २० गतेसम्म सुझाव पेश गर्न सकिने छ।

प्राप्त सुझावलाई समेत प्राथामिकतामा राखेर केन्द्रिय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा गर्ने जनाएको छ।