६ महिनामा १३ अर्बका स्मार्टफोन नेपाल भित्रियो, गत बर्षभन्दा झन्डै दोब्बरले घट्यो

Jan 23, 2023 05:00 PM Merolagani



चालु आर्थिक बर्षको ६ महिनामा विभिन्न देशबाट १३ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । भन्सार विभागको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार ६ महिनामा १३ अर्ब ९८ लाख रुपैयाँका आठ लाख ९५ हजार सेट मोबाइल नेपाल भित्रिएको हो ।

 

सरकारले आठ महिना लगाएको मोबाइल आयात प्रतिबन्ध पुस १ गतेदेखि खुल्ला गरेपछि मोबाइल आयात बढ्न थालेको छ ।

तीन सय डलर माथिका मोबाइलमा आयात प्रतिबन्ध हटेसँगै पुस महिनामा मात्रै दुई अर्ब रुपैयाँका मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

व्यवसायीले महंगा मोबाइल आयात प्रतिबन्धले नेपालमा मोबाइलको चोरीपैठारी बढेको बताउँदै आएका थिए । पुस महिनासम्म ५१ ओटा विभिन्न देशबाट नेपालमा मोबाइल आयात भएको छ ।

नेपालमा भित्रिने मोबाइल सबैभन्दा बढी चीन,भारत, भियतनामबाट भित्रिने गरेको छ ।

विभागका अनुसार गत आर्थिक बर्ष २०७८/७९ को पुस मसान्तसम्म २५ अर्ब ६२ करोड रुपैयाँ बराबरका ३५ लाख सेट मोबाइल भित्रिएको थियो । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यो बर्ष १२ अर्ब रुपैयाँले मोबाइल आयात घटेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।