६ महिनामा १३ अर्बका स्मार्टफोन नेपाल भित्रियो, गत बर्षभन्दा झन्डै दोब्बरले घट्यो

Jan 23, 2023 05:00 PM Merolagani



चालु आर्थिक बर्षको ६ महिनामा विभिन्न देशबाट १३ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । भन्सार विभागको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार ६ महिनामा १३ अर्ब ९८ लाख रुपैयाँका आठ लाख ९५ हजार सेट मोबाइल नेपाल भित्रिएको हो ।

 

सरकारले आठ महिना लगाएको मोबाइल आयात प्रतिबन्ध पुस १ गतेदेखि खुल्ला गरेपछि मोबाइल आयात बढ्न थालेको छ ।

तीन सय डलर माथिका मोबाइलमा आयात प्रतिबन्ध हटेसँगै पुस महिनामा मात्रै दुई अर्ब रुपैयाँका मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

व्यवसायीले महंगा मोबाइल आयात प्रतिबन्धले नेपालमा मोबाइलको चोरीपैठारी बढेको बताउँदै आएका थिए । पुस महिनासम्म ५१ ओटा विभिन्न देशबाट नेपालमा मोबाइल आयात भएको छ ।

नेपालमा भित्रिने मोबाइल सबैभन्दा बढी चीन,भारत, भियतनामबाट भित्रिने गरेको छ ।

विभागका अनुसार गत आर्थिक बर्ष २०७८/७९ को पुस मसान्तसम्म २५ अर्ब ६२ करोड रुपैयाँ बराबरका ३५ लाख सेट मोबाइल भित्रिएको थियो । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा यो बर्ष १२ अर्ब रुपैयाँले मोबाइल आयात घटेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।