नाफासँगै घट्यो जानकी फाइनान्सको ईपीएस

Jan 24, 2023 09:05 AM Merolagani



जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले १ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खुद फि तथा कमिशन आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६.१५ प्रतिशत बढेको छ। सो अवधिमा फाइनान्सको खुद फि तथा कमिशन आम्दानी ९९.९२ प्रतिशत घटेको छ भने इम्पेरमेन्ट चार्ज ३ करोड ३२ लाख रुपैयाँबाट बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा ५७.९८ प्रतिशत घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ६३ पैसा घटेर ४ रुपैयाँ २३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १००.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ।

चुक्ता पूँजी १५ प्रतिशत बढाएर ६९ करोड ४ लाख रुपैयाँ पुर्याएको यस फाइनान्सको जगेडाकोष, पछिल्लो ६ महिनामा २५.१५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप ९.२२ प्रतिशत बढेको छ भने कर्जा ५.३४ प्रतिशत घटेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।